Incident Reports

अपाङ्गता भएकी महिला बलात्कारमा संलग्न गिरफ्तार l

2013-07-15

Krishna Prasad Adhikari लमजुङ । ०७० साउन १ गते अपाङ्गता भएकी एक १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तान्द्राङटक्सार गाविसका ४५ वर्षीय शम्सेर लम्साललाई असार ३१ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरु गरेको डीएसपी गोरखसिंह भण्डारीले बताए । युवतीलाई असार २७ गते बलात्कार गरेर फरार रहेका लम्साल विरुद्ध असार ३१ गते प्रहरी चौकी सोतीपसलमा पीडितपक्षले उजुरी गरेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । युवतीलाई घरमा कोही पनि नभएको समयमा लम्सालले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । युवती बिरामी भएको र उपचारका क्रममा सोधखोज गर्दा घटना सार्वजनिक भएको थियो । सूर्यपाल गाविसस्थित क्लिनिकमा युवतीको असार ३१ गते नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis