Incident Reports

काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट

2017-12-07

Gandaki, Parbat, Painyu, Ward 7

पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ गाउँपालिका उपाध्यक्ष २५ वर्षीय सुदिप बस्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ । मतदान केन्द्रबाट खाना खानका लागि बाहिर निस्कन लागेका बस्याललाई मतदान केन्द्रको गेटबाटै लछारपछार पार्दै बाहिर निकालेर ‘फर्जी मत हाल्न रोकेको’ भन्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरेको सो मतदान केन्द्रका मतदान प्रतिनिधि बुद्धि सापकोटाले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका सापकोटालाई स्थानीय मर्दीखोलामा रहेको मेडिकल हलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको नेकपा एमाले पैयूँ गाउँपालिका-७ का वडा कमिटी अध्यक्ष बुद्धि सापकोटाले बताएका छन् । काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परी सोही ठाउँका २२ वर्षीय अर्जुन राना पनि घाइते भएका छन् । रानाको अवस्था भने सामान्य रहेको नेकपा एमाले पैयूँ गाउँपालिकाले जनाएको छ । नेपाली काङ्ग्रेसले भने आफूहरूको पक्षबाट बस्यालमाथि आक्रमण भएको आरोपको अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर लिलाराज न्यौपानेले सो घटना निर्वाचनका क्रममा भएको र अनुसन्धान भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC , INSEC

0 Comments

Related Reports