Incident Reports

No translation available.

2013-07-14

Gyanendra Khadka भोजपुर । ०७० साउन १ गते छिनामखु गाविस-८ निवासी २४ वर्षीया एक युवती ०७० असार ३० गते भोजपुर बजारको पानीट्यांकीमा बलात्कृत भएकी छन् । भोजपुर गाविस-४ पानीट्यांकीमा होटल चलाउँदै आएका ३९ वर्षीय विनोद साहले ती युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनापछि बलात्कारमा संलग्न विनोद साहलाई प्रहरीले उनको होटलबाटै गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । पीडित युवतीको असार ३१ गते जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि महिला तथा बालबालिका कार्यालय भोजपुरको संरक्षणमा राखिएको पारालिगल जिल्ला समितिकी सचिव सुशिला तामाङले बताइन् । ज्ञानेन्द्र खड्का

0 Comments

Related Reports
Related Trend Analysis