Incident Reports

पाँचथरमा नेकपाका नेता शेर्पा

2017-12-10

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका जिल्ला सदस्य पेम्वा शेर्पालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । उनलाई सदरमुकाम फिदिमबाट आइतवार पक्राउ गरेको हो । प्रदेश र प्रतिनीधिसभाको निर्वाचनको मतगणना सकिएकोले यसअघि पक्राउ परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई छुटाउन धरौटी लिएर जाने क्रममा शेर्पालाई पक्राउ गरेको वताइएको छ । उनी विरुद्ध यसअघि नै विष्फोटक पदार्थ शीर्षकमा मुद्धा दर्ता भएकोले पक्राउगरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी वामदेव गौतमले बताए । तर नेकपाका जिल्ला सचिव अर्जुन आचार्य(सौगात)ले भने धरौटी बुझाउन गएका शेर्पालाई पक्राउ गर्नु अनुचितभएको भन्दै सरकार गुण्डागर्दी शैलीमा उत्रिएको आरोप लगाए । आचार्यले पक्राउमा परेका शेर्पा सहितका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त रिहाई गर्न माग पनि गरेका छन् । पाँचथरका निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा यस अगाडि नै सो पार्टीका १६ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments

Related Reports