Incident Reports

लहानको मुख्य चोकमा बम विस्फोट

2017-12-14

Madhes, Siraha, Lahan

लहानको मुख्य चोकमा बिहीबार मध्यान्ह बम विस्फोट भएको छ । प्रहरीका अनुसार अपरिचित एक युवकले साइकलमाथि झोलामा राखेको अवस्थामा मध्यान्ह पौने एकबजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट झोला बाँधिएको साइकलबाहेक कुनै धनजनको क्षति नभएको प्रहरीले जनायो । प्रहरी निरीक्षक युगेश्वर राउतका अनुसार साइकलको पछाडिपट्टिको क्यारियरमा बाँधिएको झोलाबाट बम विष्फोट घटनाबारे अनुसन्धान भइरहेको छ । अति व्यस्त रहने मुख्य चोकमा २४ सैं घण्टा सशस्त्र र नेपाल प्रहरी डयुटिमा खटिन्छन् । घटनास्थलबाट प्रहरी कार्यालय डेढ सय मिटर पूर्व दक्षिणामा पर्छ । घटनास्थलमा जयकृष्ण गोइतद्वारा हस्ताक्षरित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा फेला परेको छ । पर्चामा ‘मातृभूमि तराई माथिको नेपाली औपनिवेसिक शासनलाई अन्त गरेर मुक्त, स्वतन्त्र तराईका लागि सम्पूर्ण तराईका मूल निवासीहरु एकजुट हौं’ भन्ने आव्हान गरिएको छ । पर्चामा नेपाली शासक तराई छाड्नुपर्ने, तराईका सेना, प्रहरी, प्रशासक तराईकै मूल निवासी हुनुपर्ने, तराईबाट उठेका राजश्व तराईका विकासमा खर्च हुने लगायत नारा लेखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Tarai-based Armed Groups , Tarai-based Armed Groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha

0 Comments