Incident Reports

पत्नीको हत्या गरेको आशंकामा पति प्रहरी हिरासतमा l

2013-07-17

Man Bahadur Chaudhary बर्दिया । ०७० साउन २ गते कालिका गाबिस-७ का कृष्णबहादुर रानाभाटलाई साउन २ गते पत्नीको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरी हिरासतमा राखेको छ । कृष्णबहादुरकी पन्नी ४६ वर्षीया नारायणी रानाभाट आफ्नै घरको पछाडी मृत अबस्थामा साउन २ गते बिहान फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गएको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको हुन सक्ने जनाएको छ । घटनास्थलमा हत्या गरेको संकेत देखिएकोले पतिलाई अनुसन्धानको लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सन्दिप भण्डारीले बताए । प्रहरीले दिएको जानकारी अनुसार मृतकको शरीर भरी कुटपिट गरेको निलडाम र टाउकोमा गहिरो चोट लागेको हुनाले थप अनुसन्धानको लागी पति कृष्णबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ । नारायणीको लास घर देखि पछाडी झण्डै ४० मिटरको दुरीमा मृतकको पोते, काटा, चुरा र भाँचिएका लट्ठीहरू भेटिएकोले पनी घटना हत्या नै भएको हुन सक्ने स्थानीयवासी दलबहादुर सुनारले बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis