Incident Reports

मेलामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप

2017-12-20

Sudurpashchim, Bajura, Gaumul, Ward 4

बुधबार साँझ स्थानीय भूवापर्वमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ८ जना गम्भीर घाइते भएका छन् । बाजुरा जिल्लाको गौमूल गाउँपालिका –४, साविकको मानाकोटमा स्थानीय भूवापर्वमा लोकतान्त्रिक र वाम दुवै गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएको ठाउँ एकैछिनमा रण भूमिमा परिणत भएको थियो । ढुङ्गा लागेर वाम गठबन्धन समर्थक ८ जना गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक हरि ओलीले बताउनुभयो । प्रहरी उपरीक्षक ओलीले दिएको जनकारी अनुसार बिहीबार बिहान सदरमुकाम मार्तडीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण भने आइनसकेको प्रहरीले बताएको छ । घाइते हुनेहरुमा मानाकोट घोगालाका १४ वर्षीय रमेश रोकाया, ४० वर्षका देबे कामी, ४५ वर्षीय मन कामी, २७ वर्षीय मंगल बिक, ५५ वर्षीय बिर्के कामी, ४५ वर्षीय अशबहादुर कामी, ६० वर्षीय भिके बिक र ४२ वर्षीय नरेन्द्र रोकाया रहेका छन् । आफूहरुमाथि धारिलो हतियार, ढुङ्गा र लाठी प्रहार भएको घाइतेहरुले बताएका छन् । ‘सुरुमा माथिबाट दुईजनाले तीनपटक भरुवा बन्दुक पड्काए, हामी तल भएकालाई लाग्यो भागाभाग भयो, पछि अरु आएर कुटपिट गरे’, घाइते नरबहादुर रोकायाले भन्नुभयो । घाइतेहरुको हात, टाउको लगायत शरीरका विभिन्न अंगमा गम्भीर चोटपटक लागेको छ । कुटपिटमा संलग्न भएको आरोपमा गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जना विरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नरेन्द्र रोकाया र सुके रोकायाले सुरुमा बन्दुक पड्काएको प्रहरी जाहेरीमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Democratic Alliance (NC, RPP and others) , Democratic Alliance (NC, RPP and others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Left Alliance (CPN-MC, UML & others) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 8
Youth Injured 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports