Three cadres of Nepali congress were injured after a clash started among them during a meeting held in Syangja to review the election of parliament and province held on December 7.
The dispute was raised over the lack of support provided to the candidate during the election.
The supporter of Education Minister Gopal Man Shrestha started to attack the NC cadres during the meeting saying that they did not get any support from the cadres. Nepali Congress cadres Bhesh Raj Aryal, Kamal Dhakal and Sushil Kafle were injured in a clash.
ASI Nawa Raj KC of Ward Police Office said that the investigation regarding the incident is going on.
नेपाली कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट भएको छ । चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको हो । सोमबार स्यङ्जा कांग्रेसले क्षेत्र नम्बर २ स्तरीय बैठक बोलाएको थियो ।
चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपपछि रामचन्द्र पौडेल पक्षका तीनजना कार्यकर्ताहरु घाइते भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफुहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ ।
झडपमा पौडेल पक्षका भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । झडपमा ढकाल र अर्याल गम्भीर घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
बैठकमा प्रदेश चुनाव लडेका नेविसंघका पूर्व नेता विष्णु पौडेलको समुहले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएको छ । पौडेल प्रदेशसभा चुनावमा पराजित भएका थिए भने सोही जिल्लाबाट कांग्रेस नेता गोपालमान श्रेष्ठ निर्वाचनमा पराजित भएका थिए ।
यद्धपि पार्टी बैठकमा छलफल हुँदा सामान्य हात हालाहाल भएको तर खासै ठूलो घटना नभएको स्याङजा कांग्रेसका नेताहरुले बताएका छन् ।