Incident Reports

बैठकमै कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

2017-12-26

Gandaki, Syangja, Bhirkot

नेपाली कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट भएको छ । चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको हो । सोमबार स्यङ्जा कांग्रेसले क्षेत्र नम्बर २ स्तरीय बैठक बोलाएको थियो । चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपपछि रामचन्द्र पौडेल पक्षका तीनजना कार्यकर्ताहरु घाइते भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफुहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ । झडपमा पौडेल पक्षका भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । झडपमा ढकाल र अर्याल गम्भीर घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । बैठकमा प्रदेश चुनाव लडेका नेविसंघका पूर्व नेता विष्णु पौडेलको समुहले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएको छ । पौडेल प्रदेशसभा चुनावमा पराजित भएका थिए भने सोही जिल्लाबाट कांग्रेस नेता गोपालमान श्रेष्ठ निर्वाचनमा पराजित भएका थिए । यद्धपि पार्टी बैठकमा छलफल हुँदा सामान्य हात हालाहाल भएको तर खासै ठूलो घटना नभएको स्याङजा कांग्रेसका नेताहरुले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments