Incident Reports

पत्नीको हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

2017-12-23

Lumbini, Dang, Tulsipur, Ward 13

तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिला घर नजिकै कुलोमा कपडा धोइरहेको अवस्थामा आरोपितले लुकेर धारिलो हतियार प्रहार गर्दा गर्दन र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । पत्नीलाई धारिलो हतियार (खुर्पा) प्रहार गरेपछि आरोपितले तरकारी खेतीका लागि प्रयोग गर्ने विषादी सेवन गरेका थिए । विषादी सेवनपछि बेहोस भएका डाँगीलाई पुस ८ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित घाइते र आरोपित दुवै जनाको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उपचारपछि हत्या प्रयास गरेको आरोपमा आरोपितलाई ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दा चलाउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments