A person died during a clash between police personnel and retiring temporary cops in Manma of Kalikot district on Friday.
Bibek Aidi from Tikuwa, Sanni Triveni of the district, died in the incident after receiving bullets from police, according to Chief District Officer Badrinath Gairhe.
Injured in the incident, he had breathed his last at the District Hospital during treatment.
Earlier, the clash had ensured between police personnel and temporary cops after temporary cops accused police of depriving them of their salary. Temporary cops had pelted stones at police at first.
Police had baton-charged protesters and lobbed tear gas shells to contain the situation.
Some other persons also sustained injuries, according to local journalist Ratna Karki.
म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट तनावग्रस्त बनेको छ ।
आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो ।
ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।
जिप्रकाको गेटमा ढलेका एेडीलार्इ अाधा घण्टासम्म कसैले उठाएन
-------------------------------------------------
जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन ।
पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्याइएको थियो ।
अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभाष शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।
दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो ।
झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रहरी विट जलाइयो
---------------
एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।
यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए ।
उनले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको समेत दावी गरे ।