Incident Reports

बलात्कारका आरोपी धरौटीमा रिहा l

2013-07-17

Durga Pariyar सिरहा । २०७० साउन २ गते बलात्कारका आरोपी चिकना गाविस-३ का १९ वर्षीय सुरेशकुमार यादवलाई जिल्ला अदालत सिरहाले ४० हजार धरौटीमा साउन १ गते रिहा गरेको छ । जिल्ला न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला सहायक सरकारी वकिल हरिराज पोखरेलले बताए । असार ३ गते एक १२ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला यादवले बलात्कार गरेको आरोप लागेको थियो । सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार १६ गते गिरफ्तार गरेको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis