Incident Reports

बोक्सीको आरोपमा कुटपिट

2017-12-23

Madhes, Rautahat, Rajpur, Ward 3

राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा उनको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको छ । घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको बताएपछि उनीहरुले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए । उनका अनुसार कुटपिटपछि उनीहरु आफ्नी श्रीमतीलाई मलमूत्रसमेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेका थिए । श्रीमतीलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी भइरहेको रइद्दिनले जानकारी दिए । प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पीडित पक्ष अहिलेसम्म उजुरी दिन नआए पनि सञ्चारमाध्यममा आएको समाचारका आधारमा पीडकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments