Narendra Singh Dhami
दार्चुला । ०७० साउन ४ गते
एक १७ वर्षीय बालिकालाई बेचबिखन गरेको भन्दै लटिनाथ गाविस- ८ का ४० वर्षीय दानसिंह धामीकाविरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलाले साउन ४ गते जिल्ला अदालत दार्चुलामा मानव बेचबिखन मुद्दा दर्ता गरेको छ । असार २९ गते पीडित बालिकाले दिएको निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी मुद्धा दर्ता गरेको इन्सपेक्टर गणेश वमले जानकारी दिए । प्रहरीले धामीको नाममा १५ दिने म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
जेठ ५ गते खण्डेश्वरीको धरमघरमा यार्सा संकलनको लागि पुगेकी ती बालिकालाई औषधी उपचार गराइदिने बहानामा धामीले भारतको धारचुला पुर्याइएका थिए । आर्थिक समस्याका कारण उपचार गर्न नसकेका ती बालिकालाई धामीले एक महिनासम्म उपचार गर्ने नाममा धारचुलामा राखेका थिए ।
धारचुला कालिकाको बजानी ठाउँका एकजना भारतीय सैनिकसँग विवाह गर्न लगाई आफूलाई बिक्री गर्न खोजेको पीडितले बताइन् ।
नरेन्द्रसिंह कार्की