Incident Reports

बालिका बलात्कारको आरोपिमा गिरफ्तार l

2013-07-17

Binod Pandey बाँके । ०७० साउन ४ गते ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उढरापुरका २८ वर्षीय गंगाबहादुर बुढालाई साउन २ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका बुढाले साउन १ गते राती बालिकाकै घरमा बालिका एक्लै सुतेको ठाँउमा गएर बलात्कार गरेको पीडित बालिकाकी आमाले दिएको जाहेरी उल्लेख छ । आरोपित बुढाले भने मदिराको नसामा बलात्कारको प्रयास गरेको स्वीकार गरे पनि बलात्कार नगरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपितलाई जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको र बालिकाको स्वास्थ्य परीक्षण नतिजा आइनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी भुपालकुमार भण्डारीले बताए । साउन ३ गते भेरी अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis