Incident Reports

E-rickshaw operators and police clash in Itahari

2017-12-22

Province 1, Sunsari, Itahari

A clash erupted between e-rickshaw operators and police in Itahari Municipality. The clash took place when e-rickshaw operators staged protest against a new rule of banning three-wheelers. राजमार्गमा गुडाउन प्रतिबन्ध लगाएको विरोधमा उत्रिएका विद्युतीय रिक्सा (सिटी सफारी) चालक र प्रहरीबीच झडप भएको छ। झडपमा ६ राउन्ड अ श्रुग्यास प्रहार गरेको इटहरी इलाका प्रहरी प्रमुख डीएसपी सञ्जय राउतले जानकारी दिए। रिक्सा दर्ता गर्दा अनुमति पाएको रुटमा मात्र चलाउन दिने निर्णयको विरोधमा इटहरी चोकमा सफारी तेस्र्याएर जाम गर्न खोज्दा प्रहरीसँग झडप परेको थियो। झडपका क्रममा चालकले ढुंगा र इँटा प्रहार गरेका थिए भने प्रहरीले अ श्रुग्यास प्रहार गरेको थियो। प्रहरी हस्तक्षेपपछि रिक्सा चालक तितरबितर भएका थिए। झडपमा प्रहरी र चालक कोही पनि घाइते नभएको बताइएको छ। यस्ता रिक्सा दर्ता गर्दा मुख्य राजमार्गबाहेकका रुट तोकिएको थियो। त्यसको विरोधमा रिक्सा चालक इटहरी चोकमा केन्द्रित भएका थिए। प्रहरीले शुक्रबारदेखि यस्ता रिक्सा राजमार्गमा चलाउन रोक लगाएको छ। तोकिएका भित्री सडकमा मात्र रिक्सा चलाउन पाइने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख राजकुमार लम्सालले बताए। उनका अनुसार यो नियम कतै लागू भइसकेको भने कतै लागू हुने क्रममा छ। सिटी रिक्सालाई राजमार्गमा प्रवेश गर्न नदिन इटहरीका ठाउँ-ठाउँमा प्रहरी खटिएका छन्। प्रतिबन्धको विरोधमा चालकले बिहीबार इटहरी चोकमा सवारी अवरोध गरे पनि प्रहरीले खुलाएको थियो। यसअघि यस्तो निर्णय भए पनि व्यवसायीको आन्दोलनका कारण प्रहरी-प्रशासन पछि हट्न बाध्य भएको थियो। यसपटक भने जसरी पनि निर्णय कार्यान्वयन गरेरै छाड्ने लम्सालले बताए। इटहरीमा तीन हजारभन्दा बढी सिटी रिक्सा सञ्चालनमा छन्। कतिपय दर्ता भएका छन् भने कतिपय बिनादर्ता गुडिरहेका छन्। ट्राफिकले यसअघि नै रिक्साको लाइसेन्स र कागजपत्र जाँच सुरु गरिसकेको थियो। चालक यसपटक भने हच्केका छन्। ‘रोडमा निस्किँदा गोली चलाउनेसम्मको आदेश दिने धम्की सीडीओले दिनुभयो', रिक्सा चालक प्रेम लामाले भने, ‘चुनावअघिसम्म हाम्रो पक्षमा हुनुभएका इटहरीका मेयर सा'बलाई भेट्नै सकिरहेको छैन।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate , Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments