Incident Reports

बेचबिखन हुनसक्ने आशङ्कामा पाँचजना बालकको उद्धार

2017-12-25

Lumbini, Rupandehi, Butwal

नौ वर्षीय एक जना, ११ वर्षीय दुई जना, १२ र १४ वर्षीय एक/एक जना गरी पाँच जना बालकहरूलाई प्रहरीले बुटवलको बेलबासबाट पुस १० गते राति उद्धार गरेको छ । बालकहरूलाई पालनपोषण गर्ने र राम्रो शिक्षा दिक्षा दिने प्रलोभन देखाएर ल्याएको भएपनि आरोपितले बेचबिखनको लागि लैजान लागेको आशङ्कामा उद्धार गरिएको प्रहरीको भनाई छ । बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले घटनास्थलबाट देवदह नपा-६ घरभई सहारा बालगृह सञ्चालन गर्दै आएका ३५ वर्षीय शङ्कर प्यासी, भारतको मुम्बई घर भएकी ३६ वर्षीया बन्दना प्यासी र जिल्ला मुगु खत्याड गाउँपालिका-१ की २४ वर्षीया गीता बुढालाई बेलबासमा रहेको सहारा घरबाट पुस ११ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालकहरू सबै मुगु जिल्लाका भएको र उनीहरू राम्रोसँग आफ्नो ठेगाना बताउन नसक्ने र आफूहरूलाई बेचबिखनको लागि भारत लैजाँदैछन् भन्ने थाहा पाएपछि बालकहरू सहारा घरबाट भागेर सडकमा हिँड्दै गर्दा गस्ती प्रहरीले भेटेर नयाँगाउँबाट उद्धार गरेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए । उद्धार गरिएका बालकहरूलाई तत्काल संरक्षणको लागि रूपन्देहीस्थित अनाथ आश्रममा राखिएको र अभिभावकसँग समन्वयको प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 5
Youth Abducted 5
INSEC , National/Online Media , Local Newspaper - Rautahat

0 Comments