Incident Reports

काठमाडौंको अमादब्लम होटलमा भारतीय नागरिकको हत्या

2017-12-28

Bagmati, Kathmandu, Kathmandu, Ward 9

काठमाडौंको गौशालास्थित अमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ । बुधबार राती भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको बताइएको छ । बुधबार मध्यराती कुटपिटका कारण गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागी केएमसी अस्पतालमा भर्ना गरिएको थियो । गुरुङ बुधबार देखि सोही होटलमा बस्दै आएका थिए । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले डोंगी शेर्पा सहित पाँच जना होटलका कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा होटल प्रशासन र गुरुङबीच झगडा र कुटपिट भएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए । उनले भने, ‘होटल प्रशासन र गुरुङबीच झगडा भएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Jhapa

0 Comments

Related Reports