Incident Reports

शिक्षकको कुटाइबाट घाइते १४ वर्षीया छात्राको ढाडको लिगामेन्ट च्यातिएपछि अस्पतालमा

2017-11-13

Province 1, Jhapa, Damak

झापाको दमकस्थित एउटा विद्यालयमा १४ बर्षिया छात्रालाई शिक्षकले निर्ममतापूर्वक कुटपिट गरेका छन् । दमक ६ स्थित गायत्री विद्यापिठ वोर्डिङ स्कुलका कम्प्युटर शिक्षक प्रनय दुतराजको निर्ममतापूर्वकको कुटपिटबाट दमक ५ की कक्षा ५ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी कुसुम निरौला घाइते भएकी छन् । पीडित बालिका कुसुमले गएको मंसिर २७ गते शिक्षकले सोधेका प्रश्नको उत्तर नजान्दा आफूलाई सरले सुरुमा पिठ्यूमा मुड्की मुड्कीले हानेको बताइन् । त्यसपछि कपाल समातेर बेन्चमा ठोक्याइदिदाँ दुखेर खप्नै नसकेको बालिकाको भनाइ छ । कुटपिटबाट कुसुमको ढाडको लिगामेन्ट (हड्डि जोड्ने तन्तु) च्यातिएर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको बालिकाका बुबा अच्युत निरौलाले महिला खबरलाई बताए । दमकमा परिवारजनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बुबा अच्यूतले कुसुमलाई यसअघि पनि यातना दिने गरिएको गुनासो गरे । ‘अन्य बालबालिकाले समेत आफूहरूलाई यसखाले यातना दिने गरिएको जनाएकाले यातना दिने शिक्षक तथा विद्यालय प्रशासनमाथि नैै कडा कारवाही हुनुपर्छ’ बालिकाका बुबाले भने । बालिकाको परिवारले घटनाको उचित छानविन गरि न्याय दिलाइदिन माग गरेका छन् । कुटपिटबाट घाइते बालिकाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बालिकाको परिवारले प्रहरीमा उजुरी गरेपछि कुसुममाथि निर्घात यातना दिने भूटान घर भएका शिक्षक दुतराजलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Trend Analysis