Incident Reports

अधिकारी दम्पतिलाई अस्पतालबाट अन्यत्रै लगिएको परिवारको भनाइ l

2013-07-22

Ramesh Timalsina समाचार अधिकारी दम्पतिलाई अस्पतालबाट अन्यत्रै लगिएको परिवारको भनाइ ललितपुर । ०७० साउन ७ गते विगत लामो समयदेखि न्यायको लर्डाईँमा लागिरहेको गोर्खा फुजेल-७ का ५६ वर्षीय नन्दप्रसाद अधिकारी र उनकी पत्नी ५५ वर्षीया गङ्गामाया अधिकारीलाई साउन ७ गते अपरान्ह लगनखेलस्थित मानसिक अस्पतालबाट अन्यत्रै लगिएको उनीहरुका छोरा नुरप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी गराएका छन् । उनीहरुलाई अपरान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुर्‍याइएको र त्यहाँबाट त्यसै अलपत्र पारिएको नुरप्रसादले बताए । घटनाको विरोधमा आफू बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर धर्नामा बसेको अधिकारीले बताए । २०६१ सालमा माओवादीले आफ्नो छोराको हत्या गरेको र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरु ०६९ माघ २२ गतेबाट अनसनमा बस्दै आएका छन् । पछिल्लोपटक उनीहरुलाई अनसनस्थलबाटै प्रहरीले जबबरजस्ती मानसिक अस्पताल लगनखेल पुर्‍याएको थियो । मानसिक सन्तुलनमा समस्या उत्पन्न हुनसक्ने आशंकामा त्यहाँ पुर्‍याइएका उनीहरुको मानसिक स्वास्थ्यमा केही असर नभएको भन्दै अस्पताल प्रशासनले उनीहरुलाई अस्पतालबाट निकाल्न पटकपटक प्रयत्न गरेको थियो । तर, उनीहरुले न्याय नपाई आफूहरु डेक नचल्ने भन्दै अडान लिएर बसेका थिए । गत जेठ ३० गते वीर अस्पतालको गेटबाट जबरजस्ती उठाएर मानसिक अस्पताल पुर्‍याइएका अधिकारी दम्पतिलाई किन अस्पतालबाट अन्यत्रै सारियो भन्ने विषयमा सरकारी अधिकारीहरुको प्रतिक्रिया आएको छैन । उनका छोराले अस्पतालबाट अन्यत्रै लगेको जानकारी दिए लगत्तै सरकारी अधिकारी तथा अस्पताल प्रशासनसँग प्रतिक्रिया लिन खोज्दा सर्म्पर्क हुन सकेन । रमेशप्रसाद तिमल्सिना

0 Comments