Incident Reports

VAW Related Cases on the Rise

2013-07-22

Ilam/July 22 A rise has been noted in the cases on violence against women on the Nepali fiscal year that falls between July 16, 2012 and July 16, 2013. Most of cases moved to court are rape, polygamy and divorce. In the previous year, 12 cases of rape were filed while this year it was 21. Last year, five cases remained pending while this year those five cases and this year's seven cases were decided, District Court Ilam said. Even cases of polygamy have gone up. This year, 12 cases were filed out of which six were decided. Registrar Tirthraj Bhattarai said 85 cases divorce filed this yeas was the highest in the district court's record. Among them, 58 cases were decided. Last year 63 cases of divorce were filed out of which 47 were decided. District Judge Shekhar Chandra Aryal said that direct and indirect reason for divorce has been among migrant workers. Kokila Dhakal इलाम । ०७० साउन ७ गते अघिल्ला वर्षहरुको तुलनामा आर्थिक वर्ष २०६९/०७० मा जिल्लामा महिला हिंसासम्बन्धी मुद्दामा वृद्धि भएको छ । अदालतमा बलात्कार, बहुविवाह, सम्बन्ध विच्छेद जस्ता मुद्दाहरुको संख्या बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०६८/०६९ मा बलात्कारका १२ थान मात्र मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०६९/०७० मा बलात्कारका २१ थान मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा १६ थान मुद्दा फैसला भएर पाँच थान मात्र बाँकी रहेका थिए । अघिल्लो वर्षा पाँच र ०६९/०७० का २१ गरेर २६ थान बलात्कारसम्बन्धी मुद्दा रहेकामा १२ ओट फैंसला भएको जिल्ला अदालत इलामले जनाएको छ । अघिल्लो आर्थिक वर्षो तुलनामा ०६९/०७० मा बहुविवाहका मुद्दामा बृद्धि भएको छ । आर्थिक वर्ष ०६९/०७० बहुविवाहका १२ थान मुद्दा दर्ता भए । यी मध्ये ६ थानको फैसला भयो । अदालतको अहिलेसम्मको तथ्याङकलाई हेर्दा सम्बन्ध विच्छेदका मुद्दा भने अहिले सम्मकै बढी दर्ता भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । आर्थिक वर्ष०६९/०७० मा सम्बन्ध विच्छेदका ८५ थान मुद्दा दर्ता भए । यी मध्ये ५८ थान फैसला भएर २७ थान मात्र बाँकी रहेको अदालतले जनाएको छ । 'सम्बन्ध विच्छेदका धेरै मुद्दा मिलापत्रमा किनारा लागेका छन् । सम्बन्ध विच्छेद चहानेलाई मिलाएर एकै ठाउँमा राख्ने भन्दा मिलापत्रमा छुट्याइदिने काम भएको छ,' न्यायाधीश शेखरचन्द्र अर्यालले भन्नुभयो । अघिल्लो आर्थिक वर्ष २०६८/०६९ मा ६३ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ४७ थानको फैंसला भएको थियो । आर्थिक वर्ष०६९/०७० मा मानव वेचविखनसम्बन्धी एउटा मुद्दा दर्ता भयो । अदालतमा वर्षोनीरुपमा बढ्दै गएको सम्बन्ध विच्छेद्का घटना भने वैदेशिक रोजगारीका कारणले हुने गरेको पाइएको जिल्ला न्यायाधिस अर्याल बताउँनु भयो । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis