Incident Reports

महिला हिंसासम्बन्धी मुद्दाको सङ्ख्यामा बृद्धि l

2013-07-22

Kokila Dhakal इलाम । ०७० साउन ७ गते अघिल्ला वर्षहरुको तुलनामा आर्थिक वर्ष २०६९/०७० मा जिल्लामा महिला हिंसासम्बन्धी मुद्दामा वृद्धि भएको छ । अदालतमा बलात्कार, बहुविवाह, सम्बन्ध विच्छेद जस्ता मुद्दाहरुको संख्या बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०६८/०६९ मा बलात्कारका १२ थान मात्र मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०६९/०७० मा बलात्कारका २१ थान मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा १६ थान मुद्दा फैसला भएर पाँच थान मात्र बाँकी रहेका थिए । अघिल्लो वर्षा पाँच र ०६९/०७० का २१ गरेर २६ थान बलात्कारसम्बन्धी मुद्दा रहेकामा १२ ओट फैंसला भएको जिल्ला अदालत इलामले जनाएको छ । अघिल्लो आर्थिक वर्षो तुलनामा ०६९/०७० मा बहुविवाहका मुद्दामा बृद्धि भएको छ । आर्थिक वर्ष ०६९/०७० बहुविवाहका १२ थान मुद्दा दर्ता भए । यी मध्ये ६ थानको फैसला भयो । अदालतको अहिलेसम्मको तथ्याङकलाई हेर्दा सम्बन्ध विच्छेदका मुद्दा भने अहिले सम्मकै बढी दर्ता भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । आर्थिक वर्ष०६९/०७० मा सम्बन्ध विच्छेदका ८५ थान मुद्दा दर्ता भए । यी मध्ये ५८ थान फैसला भएर २७ थान मात्र बाँकी रहेको अदालतले जनाएको छ । 'सम्बन्ध विच्छेदका धेरै मुद्दा मिलापत्रमा किनारा लागेका छन् । सम्बन्ध विच्छेद चहानेलाई मिलाएर एकै ठाउँमा राख्ने भन्दा मिलापत्रमा छुट्याइदिने काम भएको छ,' न्यायाधीश शेखरचन्द्र अर्यालले भन्नुभयो । अघिल्लो आर्थिक वर्ष २०६८/०६९ मा ६३ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ४७ थानको फैंसला भएको थियो । आर्थिक वर्ष०६९/०७० मा मानव वेचविखनसम्बन्धी एउटा मुद्दा दर्ता भयो । अदालतमा वर्षोनीरुपमा बढ्दै गएको सम्बन्ध विच्छेद्का घटना भने वैदेशिक रोजगारीका कारणले हुने गरेको पाइएको जिल्ला न्यायाधिस अर्याल बताउँनु भयो । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis