Incident Reports

चिर्पट प्रहार गरेर श्रीमानको हत्या

2017-12-30

Gandaki, Gorkha, Bhimsen, Ward 8

भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । पैंसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घर झगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए । प्रहरीसमक्ष हीरादेवीले श्रीमान्को हत्या गरेको स्वीकार गरिसकेकी छन् । “घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports