Incident Reports

अगुल्टोले झोस्ने पतिविरुद्ध प्रहरीमा उजुरी l

2013-07-20

Manohar Kumar Pokharel सप्तरी । ०७० साउन ७ गते नकटी रायपुर गाविस-७ की २१ वर्षीया सबितादेवी यादवलाई अगुल्टोले झोस्ने पति रामनारायण यादवमाथि कारबाहीको माग गर्दै पीडित महिलाले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । आफू भान्सामा खाना बनाइरहेको बेला चुल्होबाट अगुल्टो निकाली रामनारायणले साउन ५ गते एक्कासि कुटपिट गरी घाइते बनाएको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । अगुल्टोले उनको बायाँ गाला जलेर चोट लागेको छ । उनको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । रामनारायणको अन्य स्त्रीसँगको अनैतिक सम्बन्धका बारेमा उनीहरुबीच विवाद हुने गरेको पीडितले बताइन् । आरोपितलाई इलाका प्रहरी कार्यालय रुपनीमार्फ जिल्ला प्रहरी कार्यालयमा झकिाउन पत्राचार गरिने जिल्ला प्रहरी कार्यालयका महिला सेलका असई सुरेन्द्र खेडवारले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis