Incident Reports

प्रहरीले यातना दिएको खुलासा l

2013-07-16

Madhes, Saptari, Saptakoshi

Binod Pandey बाँके । ०७० साउन ६ गते कचनापुर गाविस-७ टिकुलीपुरका ३७ वर्षीय झुपबहादुर बिष्टलाई गाभरभार प्रहरी चौकीमा साउन १ गते यातना दिएको खुलासा भएको छ । बिष्टले न्यायको लागि मानवअधिकारकर्मीको सहयोग मागेका छन् । साउन ४ गते एडभोकेशी फोरमको कार्यालय पुगेका पीडितले एडभोकेशी र इन्सेकलाई न्यायको लागि पहल गरिदिन आग्रह गरेका हुन् । साउन १ गते अगैयामा सादा पोशाकका प्रहरी हबल्दारसँग भएको विवादमा अगैया प्रहरीले प्रहरी चौकीमा लगेर रातभर यातना दिएको पीडित विष्टले बताए । उनले दाँया हात र बाँया खुट्टामा एउटै हतकडी लगाएर ३ /४ जना प्रहरीले कुटपिट गरेको बताए । कुसुमबाट काम सकेर फर्किने क्रममा अगैयास्थित बजारमा मदिरा सेवन गरिरहेका विष्ट र पशु उपसेवा केन्द्रका कार्यालय सहायक डम्बर खत्री साउने सङ्क्रान्तिमा नाचगान गरिरहेका स्थानमा हेर्न पुगेका थिए । चिनेका साथीहरूले नाच्न कर गरेपछि नाच्ने क्रममा हवल्दारको खुट्टा टेकिएको विषयमा विवाद बढेपछि सादा पोशाकमा रहेका प्रहरीले कुटपिट गर्दै चौकीमा लगेको पीडित विष्टले बताए । चौकीमा लगेर असई बुद्धीराज शर्मा, हबल्दार र प्रहरी जवानले पालै पालो लाठी, मुक्का लात्ती र बुटले कुटपिट गरेको पीडितले बताए । यातनाबाट उनको एउटा आँखा, दाँत, ओठमा चोट लागेको छ भने कुम, तिघ्रामा निलडाम भएको छ । छातीमा लागेको चोटका कारण खोक्दा खकारमा रगत निस्कने गरेको पीडितले बताए । प्रत्यक्षदर्शी एक महिलाका अनुसार असई शर्माले मदिरा सेवन गरेका थिए । विष्टलाई समातेर कुटपिट गर्दै लगेको प्रत्यक्षदर्शी एक बालकले बताए । गाभरभार चौकीका इन्चार्ज असई शर्माले विष्ट र खत्रीले मादक पदार्थ सेवन गरेर हबल्दारसँग वादविवाद गरेको, खत्रीले सादा पोशाकमा रहेको प्रहरीलाई हातपात गरेकोले आफुले समातेर चौकीमा लैजान भनेको केटाहरूले ल्याएर कुटपिट गरेको बताए । उनले खत्री राति नै भागेको बताए । प्रहरीले विष्टलाई साउन २ गते बिहान आफन्तलाई जिम्मा लगाएका थिए । विष्टलाई रिहा गराउन खत्री चौकीमा पुग्दा प्रहरीले उनलाई पनि हतकडी लगाएर कुटपिट गरी १० पटक कान समातेर उठबस गराए पश्चात कागजमा दस्तखत गराएर दुबैलाई रिहा गरेको खत्रीले बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis