Incident Reports

No translation available.

2013-07-21

Natibabu Dhital सिन्धुपाल्चोक । ०७० साउन ६ गते मानेश्वारा गाविस ९ स्थित घुमाङका निश्चल पौड्याल र सुमन नेपालले ०७० साउन ५ गते बलात्कारको उजुरी गरेको आरोपमा सोही ठाउँकी १९ वर्षीया एक महिलालाई ज्यान मार्ने धम्की दिएका छन् । पीडितले धम्कीविरुद्ध ०७० साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिन् । धम्की दिने व्यक्तिका आफन्त उद्धव नेपालले ०७० असार ५ गते धम्की पीडित महिलालाई बलात्कार गरेको आरोपमा उनले ०७० असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । हाडनाता करणी भएको भन्दै उजुरी गरेपछि पीडित महिलालाई मार्ने धम्की दिनथालेको पीडितले बताइन् । बलात्कारका आरोपित भने हालसम्म फरार छन् । पीडित महिलामाथि धम्की आएको घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा उजुरी भखरै आएकाले यसको अनुसन्धान गरिने जानकारी जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर बिष्टले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis