Incident Reports

किशोरीलाई बलात्कार गरेको आरोपमा ६ युवा थुनामा l

2013-07-18

Pratap Bishta मकवानपुर । ०७० साउन ६ गते भीमफेदीस्थित एक स्कूले किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले छ जना युवकलाई पुर्पक्षका थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको ०७० साउन ५ गतेको इजलाशले ती १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा हेटौंडा नपा-४ का २५ वर्षीय सुयस ढकाल, हेटौंडा नपा-५ का २२ वर्षीय लक्ष्मण खत्री, चित्लाङ गाविस-९ का २५ वर्षीय श्रीहरी अर्याल, भीमफेदी गाविस-६ का १८ वर्षीय विकास भन्ने कान्छाराम स्याङतान, आमभन्ज्याङ गाविस ७ का २५ वर्षीय होमवहादुर स्याङतान र भारत घर भई हाल हेटौंडा नपा-४ मा गोल्डक्वाइन रेष्टुराँ सञ्चालक २७ वर्षीय गोपी सर्राफलाई थुनामा राख्न आदेश दिएको हो । अभियुक्तहरूले १० कक्षामा अध्ययन गर्ने एक किशोरीलाई हेटौंडा नपा-१० स्थित नारायणी लजमा लगेर ०७० असार ८ गते सामुहिक बलात्कार गरेका थए । एक किशोरी भाग्न सफल भएकी थिइन् । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis