Incident Reports

छाउगोठमा ११ कक्षाकी छात्राको मृत्यु

2018-01-09

Sudurpashchim, Achham, Turmakhad, Ward 3

छाउपडी गोठमा सुतेको अवस्थामा अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानमा गएराती २२ वर्षीया एक युवतीको मृत्यु भएको छ । साविकको भैरवस्थान गाविस ९ लकान्द्राकी २२ वर्षीया गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको हो । मृतक गौरी तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । बेलुकी खाना खाएर सुतेकी गौरी बिहान अबेर सम्म नउठेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला परेको ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । 'दिनभर मेलामा खर काटेर बेलुकी खाना खाएर सुतेकी बुहारी बिहान त मृत अवस्थामा भेटिइन् । ससुरा डम्बरले भने ,'बेलुकी खाना खाएर सुत्दा सम्म त केही बिसन्चो थिएन राती के भयो थाहा भएन ।' मृतकका श्रीमान वीरेन्द्र बुढा नेपाल प्रहरीमा कार्यरत छन् । वीरेन्द्र र गौरीको डेढ वर्ष पहिले विवाह भएको थियो । महिला तथा बालबालिका कार्यालयले सेभ्द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थानलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको थियो । गत वर्ष तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports
Related Trend Analysis