Durga Pariyar
सिरहा । ०७० साउन ८ गते
नहरारिगौल गाविस- ६ कि २४ वर्षीया एक महिलालाई पति र सासुले कुटपिट गरी घर निकालेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन ८ गते उजुरी गरेकी छन् ।
पीडित महिलाका अनुसार उनका पति ३० वर्षीय प्रमोद साहले पटक पटक कुटपिट गरेको र सो विषयमा भन्दा साउन ७ गते राती ५० वर्षीया सासु रामकुमारीले तातो पानी खन्याएर हात पोली दिएको र पतिले लाठीले कुटपिट गरेको बताइन् । बिहान खाना बनाउन जादा पुन पतिले कुटपिट गरेपछि गाउँलेको सहयोगमा आफन्तकोमा आएको बताइन् । आर्थिक अभावले उनले उपचार समेत नगराएको उनले बताइन् ।
आवश्यक कानूनी प्रकृया अगाडि बढाउने इन्सपेक्टर ललनकुमार कुर्मीले बताए ।
दुर्गा परियार