Incident Reports

ओडारमा लुकाएका हतियार भेटिए l

2013-07-22

Karnali, Salyan, Kumakhmalika

Meena Budhathoki सल्यान । ०७० साउन ८ गते जिमाली गाविस-९ कुमाखको लेकमा जाने बाटो नजिकै जंगलमा रहेको ओडारमा ६ थान हतियार र २६ राउन्ड गोली लुकाई राखेको अवस्थामा साउन ७ गते फेला परेको छ । फेलापरेका हतियारहरूमा थ्रिनटथ्री राईफल दुई थान, सटगन २ थान र भरुवा बन्दुक दुई थान रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हतियार सहित थ्रीनटथ्री राईफलका सात राउन्ड, एसएलआरको पाँच राउन्ड र १४ राउन्ड ठूलो हतियारको गोली फेला परेको सल्यानका प्रहरी नायव उपरीक्षक लालमणी आचार्यले जानकारी दिए । भेटिएको हतियार मध्ये एउटा खिया लागेर काम नगर्ने र अन्य सबै काम गर्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । दुई थान भरुवा बाहेक सबै हतियार द्वन्द्वको समयमा सुरक्षाकर्मीबाट लुटेको हो । उनले भने, हतियार बुझाउन जिल्लाबासिहरूलाई अपिल गरेपछि लाईसेन्स नहुँदा स्थानीयले डरले लुकाएको हुन सक्छ । जङ्गलमा गाई चराउन गएका स्थानीयवासहीरुले प्रहरीलाई जानकारी गराएपछि ओढारमा लुकाई राखेको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाई रहेको छ । हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मीना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis