Incident Reports

तीन परिवारलाई सामाजिक बहिस्कार l

2013-07-21

Nandaram Paudel कपिलवस्तु । ०७० साउन ५ गते धनकौली गाविस ६ का सनउल्लाह मुसलमान, उनका भाइ अताउल्लाह र काका मकबुल मुसलमानका १७ जना परिवारलाई गाउँलेले रमजानको बेला नमाज पढ्नबाट वञ्चित गर्नुको साथै परिवारका बालबालिकालाई स्कुलवाट समेत निकाली बहिस्कार गरिएको छ । गत वर्ष सनाउल्लाह मुसलमानका छोराको विवाहमा बम्बईबाट ज्वाइँ अब्दुल वासीसँग आएका उनका साथी भारतको सन्तवीरनगर जिल्लाका सलमान खा र सफी महमद मुसलमानको छोरी सायराबीच प्रेम भएको थियो । प्रेम बसेपछि ०६९ चैतमा खाँले सायरालाई भगाएर घर लगेका थिए । सायरा भागेपछि सायराका बाबुले सनाउल्लाह मुसमानलाई जसरी पनि आफ्नी छोरी ल्याइदिनु पर्छ भनी विवाद गरेपछि गाउँले र उनीबीच विवाद रहेको थियो । गाउँका २५ घरमध्ये २२ घर सफी मोहमद मुसलमानको पक्षमा लागेर आफूलाई एक्लै पारिएको र रमजानको बेला नमाज पढ्न नदिएको तथा छोराछोरीहरूलाई स्कुलवाट निकाला गरिएको, गाउँका पसलमा समेत किनबेच गर्न रोक लगाई आफ्ना तीन परिवारलाई सामाजिक बहिस्कार गरेको सनाउल्लाह मुसलमानले गुनासो गरेका छन् । गाउँको मदरशा अरविय अहलेसुन्नम गौसुलबलुम प्राविमा पढ्ने आफ्ना चार जना बालबालिका र आफ्ना भाइ अताउल्लाहका एक छोरा र एक छोरीलाई पनि स्कुलबाट निकाला गरिएको छ । आफूमाथि कुटपिट हुन सक्ने भन्दै गाउँको नजिकको मस्जिदमा आफूहरू नमाज पढ्न नगई घरमै पढ्न बाध्य रहेको उनले बताए । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis