Incident Reports

Riley hunger strike in Birgunj

2018-01-01

Madhes, Parsa, Birgunj

There is an ongoing Riley hunger strike since Friday in ghantaghar chowk of Birgunj demanding Birgunj to be the capital of province number 2. On the fifth day, even the leaders of Madhesi Political party participated. Central union of Nepal Socialist Forum Nepal Friroj Mansur, other leaders Sashikpur Miya, Birendra Yadav, Nagendra Yadav, Sudhirnath Pandey, Ramayagya Kushuwaha, Bikash Chaudhary, Pramodh Yadav, Puspa Pandey, Krishna Yadav, Pramodh Yadav, Rudal Thakur and Harendra Thakur also participated in today's strike. प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगंजलाई बनाउन माग गर्दै वीरगजमा गत शुक्रवारदेखि शुरु भएको रिले अनशन आज पाँचौ दिन पनि जारी छ । वीरगज राजधानी सङ्घर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा जारी रिले अनशनमा मधेसी दलले सहभागिता नजाएको भनेर आलोचना भइरहेको बेला आज पाँचौं दिन अधिकांश मधेसी दलका नेता कार्यकर्ता धर्ना बसेका छन् । आजको अनशनमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य फिरोज मन्सुर, नेताहरू शशीकपुर मियाँ, वीेरेन्द्र यादव, नागेन्द्र यादव, सुधीरनाथ पाण्डे, रामाज्ञा कुशवाहा, विकास चौधरी, प्रमोद यादव, पुष्पा पाण्डे, कृष्णा यादव, प्रमोद यादव, रूदल ठाकुर र हरेन्द्र ठाकुरलगायत मधेसवादी नेता–कार्यकर्ता थिए । प्रदेशसभा सदस्यमा सिफारिस फोरम नेपालकी नेतृ भीमा यादवले आज अनशनस्थलमा पुगेर आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएकी छन् । यस्तै प्राकृतिक सेवा प्रतिष्ठान नेपालले आन्दोलनप्रति समर्थन जनाएको छ । संस्थाका अध्यक्ष जसपाल सिहंले राति अनशन बस्ने आन्दोलनकारीहरूलाई आगो ताप्न दाउरा सहयोग गर्ने प्रतिबद्धता जनाएको तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले जानकारी दिए । वीरगंजलाई प्रदेशको राजधानी नबनाएसम्म रिले अनसन जारी रहने सङ्घर्ष समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties , Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Trend Analysis