Incident Reports

पतिबाट सबैभन्दा बढी घरेलु हिंसा l

2013-07-20

पतिबाट सबैभन्दा बढी घरेलु हिंसा रौतहट । ०७० साउन ५ गते घरेलु हिंसा गर्नेमा सबैभन्दा बढी आफ्नै पति भएको एक तथ्यांकले देखाएको छ । महिला तथा बालबालिका सेवा केन्द्र रौतहटद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार सबैभन्दा बढी घरेलु हिंसा गर्नेमा पति रहेको देखिएको हो । आव ०६९/०७० मा सेवा केन्द्रमा परेका घरेलु हिंसाका कूल १ सय १३ ओटा उजुरीमध्ये सबैभन्दा बढी ७९ जना महिलाहरू आफ्नै पतिबाट पीडित भएको तथ्यांक रहेको सेवा केन्द्रले जनाएको छ । यसैगरी देवरजेठाजुबाट १४ जना, सासुसुसराबाट १० जना, छोरानातिबाट ५ जना, श्रीमतीबाट ३ जना, देवरानी र दाजुबाट एकएक जना पीडित भएको तथ्यांकले देखाएको हो । सेवा केन्द्रमा तीन जना पुरुषहरू आफ्नै श्रीमतीबाट पीडित भएको उजुरी पनि परेको छ । पीडित पुरुषहरूले श्रीमती आफ्नो घरमा नबसी माइतीमा बस्दै आएको र लिन जाँदा समेत नआएकाले श्रीमतीलाई घरमा पठाउने व्यवस्था गरी पाउन उजुरी गरेको सेवा केन्द्रका इन्चार्ज सई गिता रानाभाटले बताइन् । यसैगरी, घरेलु हिंसामा सबैभन्दा बढी कुटपिट र खान लाउन नदिई घर निकाला गरेको घटना रहेका छन । तथ्यांक अनुसार कुटपिटबाट ४२ जना र खान लाउन नदिई घर निकालामा ५१ जना महिलाहरू पीडित भएका छन् । गत वर्षको तुलनामा यस वर्षघटनामा दोब्बर वृद्धि भएको तथ्यांकले देखाएको छ । गतवर्षघरेलु हिंसाबाट पीडित हुने महिलाहरूको संख्या ६२ रहेको थियो । यस्तै लैंङ्गकि हिंसासम्बन्धी सेवा केन्द्रमा ६१ ओटा उजुरीहरू दर्ता भएको जनाइएको छ । सेवा केन्द्रमा परेका सबै उजुरीहरूमा पक्षविपक्षलाई कार्यालयमा बोलाई छलफल गराउने र घरेलु हिंसा ऐनको बारेमा जानकारी गराएपछि मिलापत्र गरेर जाने गरेको समेत रानाभाटले बताइन्

0 Comments

Related Reports
Related Trend Analysis