Incident Reports

श्रीमतीले चिर्पटले हिर्काउँदा श्रीमानको ज्यान गयो

2018-01-10

Karnali, Salyan, Sharada, Ward 12

श्रीमतीले चिर्पट दाउराले हिर्काउँदा श्रीमानको ज्यान गएको छ । शारदा नगरपालिका –१२, सानो डांग्रीका ३४ वर्षीया विष्णु वलीले चिर्पट दाउराले हिर्काउँदा ३७ वर्षिय श्रीमान दिपेन्द्र वलीको ज्यान गएको हो । बुधबार बेलुका घरायसी झैँझगडा हँुदा विष्णुले हानेको चिर्पटले श्रीमान दिपेन्द्रकोे टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोमा चोट लागेर घाइते भएका वलीलाई उपचारका लागि कोहलपुर पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले अचेत अवस्थामा रहेकाले जिल्ला अस्पतालमा भर्ना गरेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports