Incident Reports

पत्नीलाई हत्या प्रयास गरेको आरोपमा उजुरी

2018-01-12

Madhes, Siraha, Lahan, Ward 13

लहान नपा-१३ की ३५ वर्षीया रामवती महतोलाई उनका पति ४० वर्षीय महेश्वर महतोले हत्या प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले पुस ३० गते उजुरी हाले । पीडित परिवारका अनुसार आरोपितले पटक पटक घरायसी विवादमा यातना दिँदै आएको र पुस २८ गते राति घरायसी विवादमा लठीले कुटपिट गरी घाँटी थिची हत्या प्रयास गरेको र मृत्यु नभएपछि बन्चरो प्रहार गरी हत्या गर्न लाग्दा स्थानीयहरूले उद्धार गरेको बताए । सो कार्यमा आरोपितका दाजु ५० वर्षीय चन्द्रशेखर महतो र भाउजु ४० वर्षीया अनिता महतोले समेत सघाएको पीडित परिवारले बताए । पीडित महिलाको उपचार लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा भइरहेको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकोले घटनाको अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Blunt weapon , Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments