Incident Reports

युवतीमाथि जवरजस्ती गरेको आरोपमा एक पक्राउ

2018-01-15

Province 1, Udayapur, Triyuga, Ward 14

युवतीमाथि जवरजस्ती गरेको आरोपमा यहाँका १ युवक मंगलबार पक्राउ परेका छन्। दिदीको घर आएकी युवतीलाई विहे गर्छु भन्दै फकाउँदा नमानेपछि जवरजस्ती हातपात गरी घाइते बनाएको आरोपमा त्रियुगा नगरपालिका १४ साउनेका सार्जन राईलाई मंगलबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पीडित युवतिका अनुसार साउने धाब्लाङस्थित दिदी भिजानुको घर गएका बेला सोमबार साँझ १७ वर्षीय युबकले उनलाई सुरुमा सोल्टीनी साईनो लाउँदै बिहे गर्छु भनेर जिस्काएको नमानेपछि बोकेर १ सय मिटर टाढा लगेर जवरजस्ती हातपात गरेका थिए। प्रतिकार गर्न खोज्दा युवकले मुक्काले हिर्काउदा लडेर युवतीको टाउको र खुट्टामा चोट लागेको छ। राति ७ः३० बजेको घट्नामा युवती चिच्याएर गुहार मागेपछि छुट्याउन गएका भिनाजुमाथि पनि युवकले मुक्का प्रहार गरेको पीडितको भनाई छ। उनको पनि आँखामा चोट लागेको छ। घट्नापछि युवति आफैले प्रहरी र आफन्तलाई फोन गरी गुहारेको बताईन। खबर पाएपछि साउनेस्थित प्रहरी चौकीबाट गएको टोलीले मंगलबार विहान युवकलाई घरबाटै पक्राउ गरी जिल्ला सदरमुकाम ल्याएर कारबाही सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी मेघराज अधिकारीले बताए। उनका अनुसार २२ वर्षीया युवतीको जिल्ला अस्पताल उदयपुरमा मेडिकल जाँच गरी उपचार हुँदैछ। युवकलाई थुनामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घट्नाको यथार्थ जानकारी लिने क्रममा पीडित–पीडक दुवैपक्ष र आफन्तजनलाई राखेर अनुसन्धान थालेको पनि अधिकारीले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments