Incident Reports

वीरगञ्जमा भारतले सीमा मिचेको भन्दै काठमाडौंमा बिरोध

2018-01-19

Bagmati, Kathmandu, Kathmandu, Ward 31

वीरगञ्जस्थित नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै काठमाडौं प्रदर्शन भएको छ । ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टा धर्ना दिएको हो । ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापीको जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाए । भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको ग्रेटर नेपालको दाबी छ । सरकारले भने वीरगञ्जमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएको छ । नापी विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले वीरगञ्जमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने बताए । भारतले नेपाली भूमिका मिचेको हो, होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली खटाएको उनलेबताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments