Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2018-01-23

Gandaki, Nawalparasi West, Kawasoti, Ward 2

भारतको विहार घर भई कावासोती नपा-२ बस्दै आएका ३२ वर्षीय सन्तोष शाह र चितवनको रत्ननगर नपा-२ की २२ वर्षीया दुर्गा खड्कालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । २३ वर्षीया निलम शाहले आफू घरमा हुँदाहुँदै खड्कासँग आरोपितले गत पुस १७ गते अर्को विवाह गरेको भन्दै माघ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

0 Comments