Incident Reports

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

2018-01-23

३४ वर्षीया, ४० वर्षीया र ४५ वर्षीया दुईजना गरी चारजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल र प्रहरीले बेलहिया नाकाबाट माघ ९ गते एकजना आरोपितलाई गिरफ्तार र पीडित महिलाको उद्दार गरेको छ । पीडितहरूलाई विक्री गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-५ की ३० वर्षीया सीता दर्जीलाई गिरफ्तार गरेको जनाएको छ । प्रहरीले सीता दर्जीका ३५ वर्षीय पति कृष्ण दर्जी र पाल्पा रामपुर घर भएकी ३४ वर्षीया सपना क्षेत्री फरार रहेको जनाएको छ । आरोपितहरूले पीडित महिलाहरूलाई दर्ुवई र कुवेतमा राम्रो काम भएको प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । दुवई र कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचबिखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालय डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments