Incident Reports

घुससहित नायव सुब्बा पक्राउ

2018-01-13

वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलका नायव सुब्बा नगेन्द्रप्रसाद गौतम घुस लिएको रकम सहित पक्राउ परेका छन्। श्रम स्वीकृति गराइदिने र विमानस्थलमा पनि सेटिङ्ग मिलाई विदेश पठाइदिने भन्दै उनले दुईलाख ३४ हजार घुस लिएका थिए। घुस मंगेको सुचना र उजुरीको आधारमा नगेन्द्रलाई अख्तियार अनुसन्धान आयोगले काठमाडौँ एक रेष्टुरेन्टबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis