Incident Reports

स्कूलभित्रै बालिका बलात्कृत

2017-11-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँको महाराजगन्जस्थित स्कूलभित्रै एक विद्यार्थी बलात्कृत भएकी छिन्। स्कूलकै कर्मचारीले छात्राको बलात्कार गरेका हुन् ।घटना एक महिनाअघिको भए पनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगंजले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारवाही अघि बढाएको हो। वृत्तका डिएसपी योगेन्द्रसिंह थापाका अनुसार स्कूलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएकी थिइन् । कक्षा १० मा पढ्ने ती छात्र स्कूलकै होस्टेलमा बस्दै आएकी थिइन् । साँझको समयमा छतमा लगेर आफूमाथि बलात्कार गरेको उजुरीमा उल्लेख छ । बहाना बनाएर छतमा बोलाएको र बलात्कार गरेपछि कसैलाई नभन्न धम्कि दिएको पिडितको उजुरीमा उल्लेख छ । अभियुक्त श्रेष्ठ सोही स्कूलको ब्वाइज होस्टेलमा कार्यरत थिए। शुरुमा घटना गोप्य राखिएकोमा परिवारले थाह पाएपछि गत आइतबार प्रहरीमा उजुरी दिएका थिए ।अभियुक्त सोही स्कूलको यातायात शाखामा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।पिडितको गोपनीयताका लागि प्रहरीले स्कूलको नाम समेत गोप्य राखेको।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments