Incident Reports

कथित बोक्सी भन्दै अभक्ष खुवाउने घटनाका आरोपित गिरफ्तार

2018-01-07

Province 1, Okhaldhunga, Sunkoshi, Ward 1

Nati Babu Dhital सुनकोशी गाउँपालिका-१ स्थित ठोकर्पाकी ४६ वर्षीया गोमा ढुङ्गानालाई कथित बोक्सीको आरोपमा अभक्ष (मानव मलमूत्र) खुवाएको आरोपमा सोही ठाउँकी ४१ वर्षीया मेनुका न्यौपानेलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । आरोपितले ०७४ पुस २३ गते बिहान सोही ठाउँका ठाकुर न्यौपानेको घरको आँगनमा ल्याएर पीडित गोमालाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरी प्लाष्टिकमा पोकोपारी ल्याएको मुखमा दली अमानवीय व्यवहार गरेको पीडितको आरोप छ । पीडित पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले जनाएको छ । आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए । नातिबावु धिताल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Secondary Form Public humiliation
Weapons None , None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments