Incident Reports

No translation available.

2013-07-27

Province 1, Morang, Belbari

Dipen Neupane मोरङ । ०७० साउन १२ गते बेलबारी गाविस-३ करमडाँडाकी एक जना दलित महिला र सोही ठाउँ निवासी पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको राष्ट्रिय महिला आयोगले साउन १२ गते अध्ययन अनुगमन तथा छानविन सम्पन्न गरेको छ । तीन सदस्यीय समितिको नेतृत्व महिला आयोगकी सदस्य मोहना अन्सारीले गरेकी थिइन् । सो समितिमा संलग्न नेपाल प्रहरी महिला केन्द्रीय निर्देशनालयकी डीआइजी बिमला थापा र आयोगका कर्मचारी डबलकाजी बज्राचार्य रहेका छन् । समितिले दुर्व्यवहार पीडित ३५ वर्षीया माया सार्की र सोही ठाउँ निवासी फाइट साप्ताहिका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मा, प्रहरी, अधिकारकर्मी, सञ्चारकर्मी, प्रत्यक्षदर्शी र सरोकारवालासँग भेट गरी छानविन कार्य सम्पन्न गरेको आयोगकी सदस्य मोहनाले बताइन् । छानबिन समितिको प्रतिवेदन चाँडै नै काठमाण्डौंमा पत्रकार भेट गरी सार्वजनिक गरिने उनको भनाइ छ । छानबिन समिति काम सकेर साउन १२ गते नै उदयपुर र सिरहा जिल्लामा भएका महिला हिंसासम्बन्धी घटनाको अध्ययन अनुगमन तथा छानबिन गर्न हिंडिसकेको आयोगकी सदस्य मोहनाले जानकारी दिएकी छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis