Incident Reports

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की

2018-01-25

Gandaki, Nawalparasi West, Palhi Nandan

(PR) पश्चिम नवलपरासीको एक गाउँपालिका अध्यक्षलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले आफूलाई बारम्बार फोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन् । एक सातादेखि बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी हत्या गर्ने धम्की बारम्बार आउन थालेपछि सुरक्षा व्यवस्था मिलाउन र धम्की दिने व्यक्तिको पहिचान गरी कारबाही गर्न गुप्ताले प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । ‘प्राइभेट’ लेखिएको नम्बरबाट फोन आउने र अध्यक्ष भएपछि ठूलो पल्टिएको भन्दै अपरिचित पुरुषले बारम्बार ज्यान मार्ने धम्की आउन थालेपछि आफू र आफ्नो परिवारले मानसिक पीडा भोग्न बाध्य भएको उनले गुनासो गरे । स्थानीय तहको निर्वाचनमा गुप्ता नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी उम्मेदवार हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँडका अनुसार प्रहरीमा घटनाबारे आधिकारिक उजुरी नपरेको र आफूले पनि पत्रपत्रिका र बाहिर अनौपचारिकरुपमा सुनेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments