Incident Reports

No translation available.

2018-01-31

Bagmati, Kathmandu, Kageshwori Manahora

पुस २२ गते झापा बिर्तामोड ९ का ४६ वर्षीय देवान टुडुको निर्घात कुटाइबाट ४० वर्षीया पत्नी शान्तिको मृत्यु । अर्जुनधारा १ का २३ वर्षीय दिनेश गहतराजले माघ ७ गते १५ दिनकी सुत्केरी पत्नी योनिता लिम्बूलाई दाउ प्रहार गरेर हत्या गरे । पत्नीको परपुरुष सम्बन्धको आशंकामा उनले हत्या गरेका थिए । अर्जुनधारा ५ को पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया पत्नी दोमनीलाई चिर्पटले हानेर हत्या गरे । महिनायता घटेका यी तीन हत्या घटनाले रक्षाकवच ठानिएका पतिबाटै महिला कति असुरक्षित छन् भन्ने प्रस्ट हुन्छ । झापाको पछिल्लो हत्या शृङ्खलाले पुरुषहरू महिलाका रक्षाकवच कम र ‘सत्रु’ बढी देखिएको छ । ‘सुरक्षाको सबैभन्दा दरिलो पात्र ठानिने पतिबाटै मारिनु साहै्र गम्भीर विषय हो,’ अधिवक्ता लक्ष्मी खनाल भन्छिन्, ‘पछिल्लो घटना प्रवृत्तिले महिला पतिबाटै ज्यादा असुरक्षित महसुस गरिरहेको देखिन्छ ।’ प्रहरी अनुसन्धानबाट के खुलेको छ भने अधिकांश महिला हत्या र हिंसाका घटनाको मुख्य जड रक्सी हो । माथि उल्लिखित तीनवटै घटनाको पछाडि रक्सी नै थियो । अधिकांश घटना हेर्दा के देखिन्छ भने पति रक्सी पिएर आउने । त्यही बहानामा सामान्य विवाद हुने । त्यही विवादले पछि गम्भीर दुर्घटनाको रूप लिने गरेको छ । प्रहरी बिर्तामोडका अनुसन्धान अधिकृत इन्स्पेक्टर ज्ञानबहादुर विष्टले भने, ‘वैदेशिक रोजगारी, परस्त्री सम्बन्धलगायत अन्य घरायसी कारणले पनि महिला हिंसा बढेका छन् ।’ वैदेशिक रोजगारीले पारिवारिक बिग्रह ल्याउन र हिंसात्मक घटना गराउन ठूलो भूमिका खेलेको छ । आरम्भमा पति, पत्नीबीच असमझदारी बढदै जाने र कालान्तरमा हत्याको अवस्थासम्म पुग्ने गरेको प्रहरीले विभिन्न समयमा गरेका अनुसन्धानबाट पुष्टि भएको छ । विदेशमा पति भएका पत्नीको परपुरुष सम्बन्ध र विदेशमा पत्नी भएका महिलाको स्त्रीगमन प्रवृत्तिका कारणसमेत महिला हिंसा र हत्यासम्मका घटना निम्तिएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरीका अनुसार साउनयता तीन कर्तव्य ज्यानको मुद्दा दर्ता भएका छन् । सोही अवधिमा महिला हिंसाका २३ उजुरी परेको थियो । २० मिलापत्र भए । ३ मुद्दा अझै विचाराधीन रहेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जनाए । इलाका प्रहरी बिर्तामोडमा गत साउनमा १० वटा बलत्कारका मुद्दा दर्ता भएको थियो । अधिवक्ता खनालले झापामा महिला हिंसाका घटना दैनिक बढिरहे पनि सम्बन्धित निकायसम्म पीडित पुग्नै नसक्ने समस्या बताइन् । उनका अनुसार प्रहरीमा पुगेका पनि दबाबमा मिलाउने गरिएको छ । खनालका अनुसार अधिकांश मुद्दा पति–पत्नीबीचको विवादका छन् । कतिपय जबर्जस्ती करणीका पनि छन् । खनाल भन्छिन्, ‘महिला हिंसाका घटना कम हुनुको साटो फरक शैलीमा बढिरहेको देखिन्छ ।’
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis