Incident Reports

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेपछि आफन्त द्वारा कुटपिट

2018-01-13

Province 1, Morang, Pathari Shanishchare

पथरीशनिशचरेको हनुमानचोकस्थित गोविन्द ढकालको घरमा रहेको होस्टेलमा पढाउने शिक्षकले छात्रा बाथरूमबाट नांगै आइज भनेको विषयले चर्को रुप लिएको छ। पथरीमा रहेको रेड स्तर बोर्डिंग स्कूलबाट एसइइ परीक्षाको तयारी गर्दै गरेको छात्राले शिक्षक अभिषेक श्रेष्ठले प्रयोग गरेको भाषाको बारेमा घरमा सुनाएपछी घटना लम्बिएको हो। अभिभावक र होस्टेलबीच भएको छलफलमा शिक्षक श्रेष्ठले माफी मागेका थिए । माफी मागेर साम्य भएको केहि दिनमा छात्राको काकाले शनिवार युवाहरुको समूहसहित होस्टेल घेराउ गर्नुको साथै शिक्षक श्रेष्ठमाथि कुटपिट गरेका थिए। छात्राका अभिभावक आएको थाहा पाएर कक्षा कोठामा चुकुल लगाएर लुकेका श्रेष्ठलाई कुटपिट गर्दै भुइँतलामा झारिएको थियो।तल झारेर पनि कुटपिट गर्न थालेपछी श्रेष्ठले भागेर ज्यान बचाएका थिए। कुटपिट हुँदैगर्दा आइपुगेका अर्का शिक्षक बुद्धिनाथ अधिकारीलाई समेत त्यो समूहले कुटपिट गरेको छ । होस्टेलमा आएर जताभावी कुटपिट गर्ने नौ जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीले सार्वजनिक मुद्धा चलाएको छ । पक्राउ पर्नेहरु २२ देखि ३३ वर्ष उमेर समूहका रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Injured 2
Local Newspaper - Jhapa

0 Comments

Related Reports