Incident Reports

युवती वलात्कृत l

2013-07-29

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७० साउन १२ गते एक १८ वर्षीया युवती साउन ११ गते बेलुकी बलात्कृत भएकी छिन् । घरबाट दिक्तेल आउँदै गर्दा बाम्राङ गाविसको जङ्गलमा दिक्तेल गाविस-४ का ३६ वर्षीय पर्शुराम आचार्यले जबरजस्ती बलत्कार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएकी छिन् । पीडितले घटनाबारे जानकारी गराएपछि प्रहरीले उनको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा स्वास्थ्य परीक्षण गराएको छ । घटनास्थल सदरमुकाम दिक्तेलदेखि डेढ घण्टाको पैदल दूरीमा छ । प्रहरीले घट्नास्थलको अनुगमन गरेको छ । आरोपितलाई साउन १२ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis