Incident Reports

​गर्भ बसेपछि आफ्नै प्रेमीले गरे प्रेमिकाको हत्या

2018-01-19

Gandaki, Parbat, Bihadi

गुल्मीको कालिगण्डकी गाउँपालिका–४ घुमाउनेको खोलामा एक युवतीको शब फेला परेको छ । खोलामा फेला परेको शब वाग्लुङ्ग जिल्ला जैमिनी नगरपालिका २ धुसेनीकी २२ वर्षीया कमला शर्माको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो । युवती हत्याको आशंकामा प्रहरीले पर्वत जिल्ला बिहादी गाउँपालिका–८ ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो । कमला र प्रदीपको बिचमा प्रेम सम्बन्ध रहेको प्रहरी समक्ष प्रदीपले बयान दिएका छन् । मृतक युवतीले प्रदीपलाई आफ्नो महिनावारी रोकिएकाले गर्भ रहेको हुन सक्ने भन्दै विवाह गर्न आग्रह गरेकी थिइन । युवतीले गर्भ रहेको भन्दै विवाह गर्न आग्रह गरेपछि प्रदीपले उनलाई माघ ५ गते मारेर पुलबाट फालेको प्रहरी समक्ष वयान दिएको गुल्मीका प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिवेदीले जानकारी दिनुभयो । आफूहरुको प्रेम सम्बन्ध युवतीको घर परिवारलाई समेत जानकारी रहेको युवकले प्रहरीलाई वयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments