Incident Reports

घूससहित प्रहरी जवान प्रक्राउ

2018-02-02

Bagmati, Bhaktapur, Bhaktapur

(PR) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्यविनायक नगरपालिका–४ स्थित महानगरीय प्रहरी प्रभाग दधिकोटमा कार्यरत प्रहरी जवान उमेश थापालाई घूससहित रङ्गेहात पक्राउ गरेको छ । मोटरसाइकल दुर्घटनाको उजुरी मिलाई दिन्छु भन्दै सेवाग्राहीसँग लिएको १८ हजार रुपैयाँ घूससहित थापा पक्राउ परेको अख्तियारले जनाएको छ। सेवाग्राहीको सूचनाको आधारमा अख्तियार टोलीले मध्यपुर थिमि नगरपालिका राधेराधेबाट थापा पक्राउ परेका हुन्।

0 Comments

Related Reports
Related Trend Analysis