Incident Reports

समाचार लेखेको भन्दै पत्रकारलाई धम्कीl

2013-07-26

Madhes, Rautahat, Baudhimai

Sukdev Chaudhary सुनसरी । ०७० साउन १२ गते सदरमुकाम इनरुवास्थित पपुलर एफएमका पत्रकार विवेक मेहतालाई बाटो निर्माणमा अनियमितता भएको विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै साउन ११ गते बाटो निर्माण समितिका अध्यक्षले जे पनि हुन सक्ने धम्की दिएका छन् । बाटो निर्माण समिति मध्यहर्साहीका अध्यक्ष विजय झाले पत्रकार मेहतालाई राति घरमा गई समाचार किन लेखेको भन्दै तथानाम गालीगलौज गर्दे ज्यान मार्ने समेत धम्की दिएको पीडितले जानकारी गराए । पत्रकार मेहताले इलाका प्रहरी कार्यालय हरिनगरामा घटनाको विषयलाई लिएर उजुरी दिएका छन् । धम्कीको विषयमा छानबिन गरी रहेको इप्रका हरिनगराका इन्चार्ज सुरेन्द्र यादवले जानकारी दिए । सुकदेव चौधरी

0 Comments